काठमाडौं । दक्षिण एसियाली राष्ट्रहरुको भ्रमणमा निस्किएका चिनियाँ विदेश मन्त्री वाङ यी पाकिस्तानको भ्रमण सकेर अफगानिस्तान पुगेका छन्।
विश्वका मुस्लिम राष्ट्रहरुका विदेश मन्त्रीहरुको सम्मेलनमा सहभागि हुन विशेष निमन्त्रणा मार्फत् पाकिस्तान पुगेका उनी शुक्रवार नेपाल आउने कार्यक्रम रहेको छ। त्यसअघि अघोषित रुपमा उनी अफगानिस्तान पुगेका हुन्।
यस विषयमा आधिकारिक रुपमा तालिका भने चिनियाँ तथा अफगानिस्तान सरकारले सार्वजनिक गरेको थिएनन्।
अफगानिस्तानको टोलो न्यूजले त्यहाँका विदेश मन्त्रालयका सहप्रवक्ता जिया अहमदलाई उदृत गर्दै विदेश मन्त्री वाङ अफगानिस्तान पुगेको समाचारमा जनाएको छ ।
उनी नयाँ दिल्ली पनि जान सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यद्यपि, यस विषयमा भारतीय तथा चिनियाँ विदेश मन्त्रालयले केही पनि जानकारी गराएका छैनन्।
विदेशमन्त्री वाङ शुक्रवार नेपाल आइपुग्ने तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ।
Leave a Reply