काठमाडौं । अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा परेको मुद्दामा आज पनि बहस जारी छ। बुधवार शाहको पक्षमा तीन जना अधिवक्ताले बहस गरेका छन्।
सरकारी वकिल कार्यालयले मंगलवार जिल्ला अदालतमा तनहुँमा मुद्दा दर्ता गरेको थियो। दाङ घर भएका ३२ वर्षीय शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो।
मंगलवार नै शाहको बयान गरिएको थियो। बुधवार जोशी बयानपछि थुनछेक बहस सुरु गरिएको हो। बुधवार पीडित पक्षका वकिलहरुले बहस गरेका थिए। अहिले प्रतिवादीका तर्फबाट बहस भइरहेको छ।
प्रतिवादीका तर्फबाट बहस गर्न अहिलेसम्म १० जना अधिवक्ताले नाम टिपाइसकेका छन्। त्यस्तै पलका पक्षमा वकालत गर्न काठमाडौंबाट केही वकिलहरु जाने तयारी रहेको छ।
बुधवार पीडितका पक्षबाट सात जना वकिलले बहस गरेका थिए। सरकारी वकिल कार्यालयका जिल्ला सह न्यायाधीवक्ता रामचन्द्र शर्मादेखि मोहना अन्सारीसम्मले बहस गरेका थिए। अधिवक्ताको सङ्ख्या थपिँदै जाँदा आज पनि बहस लम्बिने देखिएको छ।
२०७८ वैशाख १४ गते तनहुँको दुलेगैँडास्थित एक घरमा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरी किशोरीलाई प्रेम जालमा पारेर करणी गरेको आरोप लागेको छ।
Leave a Reply