Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • युद्धको विरोधमा विश्वव्यापी र्‍याली निकाल्न युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आह्वान

    युद्धको विरोधमा विश्वव्यापी र्‍याली निकाल्न युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आह्वान

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वव्यापीरुपमा युद्धको विरोधमा र्‍याली निकाल्न अपिल गरेका छन् ।

    भिडियो सन्देशमार्फत जेलेन्स्कीले बिहीबार विश्वभर युद्धको विरोधमा प्रदर्शनको लागि अपिल गरेका हुन्। बिहीबार रुसले युक्रेनमा आक्रमण सुरु गरेको १ महिना पूरा भएको छ।



    ‘रुसको यो युद्ध युक्रेनविरुद्धको मात्र होइन। यसको निकै ठूलो अर्थ छ’, जेलेन्स्कीले भने, ‘रुसले स्वतन्त्रताविरुद्धको युद्ध सुरु गरेको थियो। यो रुसको लागि केवल सुरुवात हो। रुस समग्र युरोप तथा समग्र विश्वको स्वतन्त्रतालाई पराजित गर्ने प्रयासमा छ।’



    जेलेन्स्कीले समग्र विश्व समुदायले अहिले रुसलाई रोक्नुपर्ने बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार