Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दल बदल्नु चरम अवसरवाद : बाबुराम भट्टराई

काठमाडौं । समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले चुनावको मुखमा पार्टी फेर्नु चरम अवसरवाद भएको बताएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमार्फत भट्टराईले चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दलबदल गर्नु चरम अवसरवाद भएको बताएका हुन् । दल भनेको राज्य र समाज रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्ति/समूहको संगठित अभिब्यक्ति भएको भन्दै त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक भएको बताएका हुन् । चुनावको मुखमा सत्ता स्वार्थनिम्ति दलबदल गर्नु चरम अवसरवाद भएकोले यसलाई रोक्नुपर्ने उनको भनाइ छ । उनले समाजिक सञ्जालमा लेखेका छन्-'दल भनेको राज्य र समाजको रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्तिरसमूहको संगठित अभिब्यक्ति हो। त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक हो। तर चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दलबदल गर्नु चरम अवसरवाद हो ! यसलाई सबैले रोकौं ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077