काठमाडौं । राप्रपाका निर्वाचित केन्द्रीय सदस्यद्वय पदम बहादुर तामाङ र मदिना खातुनले राप्रपा परित्याग गरेका छन् ।
राप्रपा परित्याग गर्दै तामाङ र खातुनले राप्रपा नेपालमा कृयाशिल हुने बताएका छन् ।
पार्टी अध्यक्ष कमल थापाले दुवैलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।
उनीहरुलाई विधान अनुसार सदस्यमा मनोनीत गरिएको बताइएको छ ।