Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

छुरा प्रहारबाट इजरायलमा चार जनाको मृत्यु

एजेन्सी । इजरायलको एक व्यापारिक केन्द्रमा अज्ञात व्यक्तिले गरेको छुरा प्रहारबाट चार जनाको मृत्यु भएको छ । भने घटनामा थुप्रै घाइते भएका छन् ।

इजरायलको दक्षिणी क्षेत्रमा रहेको बेरशेवा शपिङ मलमा गाडीमा आएको आक्रमणकारीको समूहमध्ये एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो ।

एक जनाको भने आक्रमणकारीको गाडीले कुल्चेर मृत्यु भएको हो । इस्लामिक स्टेट आइएसको समर्थन गरेको आरोपमा जेल सजाय भोगेर मुक्त भएका व्यक्तिले आक्रमण गरेको पनि खुलेको छ।

छुरा प्रहार गर्ने व्यक्ति एक बन्दुकधारी प्रत्यक्षदर्शीले चलाएको गोली प्रहारबाट मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077