Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई जिल्लाका सिडिओ फेरिए, पर्वतमा सापकोटा र दोलखामा खतिवडा

काठमाडौं । गृह मन्त्रालय दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर गरेको छ ।

मन्त्रालयका अनुसार दोलखा र पर्वका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दोलखामा सह–सचिव भोजराज खतिवडालाई सरुवा गरिएको छ ।

दोलखामा कार्यरत सिडिओ टेकराज निरौलाले अवकास पाएसँगै त्यहाँ सो पद खाली थियो ।

पर्वतमा सहसचिव नारायणप्रसाद सापकोटालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । पर्वतमा देवी पाण्डे खत्री कार्यरत थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077