Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यस्तो छ एमालेको राजनीतिक प्रतिवेदन (पूर्ण पाठ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनका लागि आउँदो वैशाख ९ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

उक्त घोषणापत्रमा पार्टी केन्द्रीय कमिटीका तर्फबाट वर्तमान राजनीतिक परिस्थिति, पार्टीका मुख्य नीतिहरू समावेश गरिने भएको छ ।

काठमाडौंमा जारी पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थापना दिवसको अवसर पारेर घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए ।

स्थानीय तहले केन्द्रीय नीतिको मार्गदर्शन र केन्द्रले तयार गरेको ढाँचामाथि आधारित रहेर उपलब्धि, पार्टी पराजित भएका ठाउँमा विगतमा पार्टीले गरेका प्रतिबद्धता र विपक्षीले विजय हासिल गरेका कारण समेटेर प्रतिबद्धतापत्र तयार गर्नुपर्ने भएको छ ।

ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनमा स्थानीय तहका जनप्रतिनिधिहरु पुनः उम्मेदवार हुन राजीनामा दिनुपर्ने व्यवस्थाको विरोध गरिएको छ ।

ओलीले अहिलेको चुनाव जनादेश र परमादेशबीचको जनमत संग्रहको रुपमा हुन गइरहेकाले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077