Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुक्खा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध

कैलाली । डडेल्धुराको भतकाँडास्थित साहुखर्क नजिकैको क्षेत्रमा सुक्खा पहिरो गएपछि भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

बुधबार सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने उक्त राजमार्ग पहिरोका कारण अवरुद्ध भएको हो ।

पहिरो पन्छाउँन दुई डोजर लगाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि सवारी साधन ठप्प बनेका छन् भने यात्रु अलपत्र परेका छन् ।

अवरुद्ध बनेको राजमार्ग करिव ५ घण्टाभित्र सुचारु हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077