Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनको मारिउपोलमा अझै १ लाख मानिस फसे, न खाना छ न पानी न त औषधि नै छ : जेलेन्स्की

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मुलुकको दिक्षणी बन्दरगाह सहर मारिउपोलमा करिब १ लाख आम नागरिक फसेको बताएका छन् ।

रुसले बमबारी गरिरहेको समयमा अहिले पनि मारिउपोलमा लाखौँ नागरिक बसेको बताएका हुन् । ‘अहिले पनि सहर निकै अमानवीय अवस्थामा करिब १ लाख मानिस फसेका छन्। त्यहाँ रुसी सेनाले पूर्णरुपमा घेराबन्दी गरेको छ, त्यहाँ न खाना छ न पानी न त औषधि नै छ। त्यहाँ निरन्तर बमबारी भइरहेको छ।’ उनले भने ।

उनले मानवीय कोरिडोरको माध्यमबाट मानिसहरुलाई बाहिर निकाल्ने प्रयास पनि निरन्तर बमबारी भइरहेको कारण सम्भव हुन नसकेको बताए । मंगलबार मानवीय राहत कार्यका लागि मारिउपोल पुगेका केही मानिसलाई रुसले पक्राउ गरेको उनको भनाई छ ।

पक्राउ पर्नेमा युक्रेनी सरकारका कर्मचारी र उनीहरुका बस चालक छन् । उनीहरुलाई रुसले जेल हालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077