Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेका महासचिव पृथ्वीसुब्बा र बाबुराम भट्टराईबीच भेटवार्ता, चुनावी तालमेल गर्नेबारे छलफल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

भेटवार्ताका लागि उपमहासचिव गुरुङ मंगलरबार पूर्वप्रधानमन्त्री भट्टराईकै निवासमा पुगेका हुन् । छलफलमा डा. भट्टराईले आसन्न स्थानीय तहको निर्वाचनमा एमाले र आफ्नो पार्टीबीच तालमेल गर्न आग्रह गरेका छन् ।

पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमन गरेकै भए पनि अब नयाँ ढंगले अगाडि बढ्न सकिने कुरा भट्टराईले गुरुङसमक्ष राखेको बताइएको छ । एमाले उपमहासचिव गुरुङले पनि सकारात्मक जवाफ दिएको बुझिएको छ । भेटवार्तामा भट्टराईका दम्पती नै थिए ।

यस्तै ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमाले, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), डा. सिके राउत नेतृत्वको जनमत पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका पार्टीसँग गठबन्धन बनाउने’ बारेमा अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077