Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • व्यापार घाटा चिन्ताजनक अवस्थामा छ, विद्युतको खपत बढाउनेतर्फ ध्यान दिनुहोस् : प्रधानमन्त्री

    व्यापार घाटा चिन्ताजनक अवस्थामा छ, विद्युतको खपत बढाउनेतर्फ ध्यान दिनुहोस् : प्रधानमन्त्री

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी व्यापार घाटा घटाउने किसिमका नीति तथा कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन्।

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटामार भएको उद्योग, बाणिञ्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउनेगरी कार्यक्रम बनाउन निर्देशन दिएका हुन्।



    बैठकमा प्रधानमन्त्री देउवाले निर्देशन दिंदै भने–‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईहरुले व्यापार घाटा घटाउनेगरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस् ।’



    त्यसैगरी उनले अर्थतन्त्रलाई आत्मनिर्भर हुनेगरी सम्भावना भएका क्षेत्रमा लगानी बढाउनेगरी अघि बढ्न र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नेगरी मन्त्रालय र सरकारका कार्यलयहरुले नीति तय गर्न पनि निर्देशन दिए ।

    प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युतको खपत बढाउनु पर्ने भन्दै विद्युतीय सवारी साधन, विद्युतीय चुलो लगायतको प्रयोग बढाउनेतर्फ ध्यान दिन पनि निर्देशन दिए ।

    उनले भने–‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो । अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारी साधन प्रयोग गर्ने र विद्युतको खपत बढाउनु पर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार