काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसका मुद्दाका नाममा कतिपयले जनतालाई ठग्ने काम गरेको आरोप लगाएका छन् ।
मंगलबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराई ठगी खाने भाँडो भएको उल्लेख गरे ।
तराईको विकासमा आफूले सरकारमा रहँदा विशेष ध्यान दिएको उनले बताए ।
ओलीले देशमा काम गर्ने मान्छे नपाएको अवस्थामा युवाहरु विदेशिएको भन्दै युवालाई स्वदेशमै बस्न आग्रह गरे । उनले भने, ‘स्वदेशमै बसौं, स्वदेशकै विकास गरौं । स्वदेशलाई नै समृद्ध बनाऔं । अब विदेश नजाऔं ।’
Leave a Reply