Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • स्वतन्त्र र सक्षम न्यायालय, मर्यादित बार र संविधानको रक्षा हाम्रो प्रमुख एजेन्डा : वरिष्ठ अधिवक्ता घिमिरे

    स्वतन्त्र र सक्षम न्यायालय, मर्यादित बार र संविधानको रक्षा हाम्रो प्रमुख एजेन्डा : वरिष्ठ अधिवक्ता घिमिरे

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्याशी बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले स्वतन्त्र र सक्षम न्यायालय, मर्यादित बार, संविधानको रक्षा र कार्यान्वयन नेपाल बार एसोसिएसनको प्रमुख दायित्व भएको बताएका छन् ।

    प्रदेश १ को चुनावी प्रचार प्रसार अभियानको अन्तिम दिन मोरङको जिल्ला अदालत बार एसोसिएसनको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै घिमिरेले लोकतन्त्र, बहुदलीय व्यवस्था र स्वतन्त्र न्यायपालिका नेपाल बार एसोसिएसनको शुरु देखि नै एजेन्डा भएको बताउँदै उक्त एजेण्डाबाट पछि नहट्ने बताएका हुन् ।



    उनले नेपाल बार एसोसिएसनले हाल संचालन गर्दै आएको न्यायपालिकाको सुद्धिकरणको एजेण्डाको स्वामित्व लिदै आफूहरु निर्वाचित भएमा प्रत्येक इकाईका कम्तीमा अध्यक्ष तथा सचिवको उपस्थितिमा एक सम्मेलन गरी आन्दोलनको स्वरुपमा निर्णय गर्न सकिने बताए । आगामी निर्वाचनमा आफू र आफ्नो समूह निर्वाचित भएमा अविचलित भई कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।



    उनले कानुन व्यवसायको पेशामा यदाकदा देखिएका कालो दाग हटाउनको लागि जस्तो सुकै निर्णय लिन आफू तयार रहेको दावी गर्दै कानुन व्यवसायको मर्यादा, अग्रज कानुनव्यवसायीको सम्मान तथा कानुनी पेशाकै शुद्धिकरणको लागि आवश्यक कार्य गर्न पहल गर्ने र कानुन व्यवसायीको पेशागत सुरक्षा सामाजिक सुरक्षाको लागि आवश्यक कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

    घिमिरेले राष्ट्रिय मुद्दाहरुमा नेपाल बार एसोसिएसनको धाराणा कस्तो हुनु पर्छ भन्ने कुरामा आफु प्रष्ट भएको बताउँदै नेपालको अन्तराष्ट्रिय समुदायमा “नेपालपोल” हुने गरी अर्थात नेपाल हितलाई ध्यानमा राखी आफ्ना अडान लिने आफ्नो दृष्टिकोण रहेको बताए ।

    एसोसिएसनको निर्वाचनमा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएन (डिएलए नेपाल), समाजवादी प्रगतिशील लर्यस एसोसिएसन (एसपीएलए), क्रान्तिकारी तथा प्रगतिशिल लयर्स एसोसिएसन (आरपीएलए) र संघिय लर्यस एसोसिएसन (एफएलए) ले बरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको समर्थनमा सामूहिक रुपमा उम्मेदवारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार