काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुनेमा आशंका जनाएको छ ।
सत्ता गठबन्धन अझै निर्वाचन नगराउने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै एमालेले निर्वाचन टार्न ‘कलात्मक षड्यन्त्र’ भइरहेको निष्कर्ष निकालेको छ ।
सोमबार बसेको पार्टी पोटिब्युरोको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन र निर्वाचन आयोगबीच कतिपय संवैधानिक एवं राजनीतिक कुरा भइरहेको टिप्पणी गर्दै विभिन्न बहानामा आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताए ।
अध्यक्ष ओलीले स्थानीय निर्वाचनमा भरतपुर र सिरहा काण्ड दोहोरिन सक्ने आशंका व्यक्त गर्दै निर्वाचन आयोगसमेत सत्ता गठबन्धनसँग मिलेर एमालेविरुद्ध लागेको आरोप लगाए । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
Leave a Reply