Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटमा जुट्यो एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार छनोटका साथै चुनावी रणनीति बनाउन जुटेको छ । यसै सिलसिलामा सोमबार काठमाडौंमा एमालेको प्रथम पोलिटब्युरो कमिटी बैठक बसेको छ । बुधबार र बिहीबार काठमाडौंमै केन्द्रीय कमिटीको बैठक बस्दै छ ।

एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आगामी स्थानीय तह निर्वाचनको आन्तरिक तयारी एवं छलफल पार्टीभित्र भइरहेको बताए ।

पोलिटब्युरो बैठकले उम्मेदवार छनोटका मापदण्डका साथै पछिल्लो राजनीतिक अवस्था निर्णय गरेको उनले बताए । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पोलिटब्युरो बैठकमा छलफल सम्पन्न गर्दै विस्तृत छलफल केन्द्रीय कमिटीको बैठकमा हुने प्रवक्ता गुरुङले बताए ।

‘हामी स्थानीय तहको निर्वाचन केन्द्रित छलफलमा जुटेका छौं । उम्मेदवार छनोटका मापदण्डलगायतका विषयमा पोलिटब्युरो बैठकमा गर्यौं । अब केन्द्रीय सदस्यको समेत सुझाव लिएर पालिका केन्द्रित कार्यक्रम बनाएर आगाडि बढनेछौं’ प्रवक्ता गुरुङले भने ।

सोमबार बसेको एमालेको पहिलो पोलिटब्युरो बैठकले उम्मेदवार छनोटका लागि ६ वटा मापदण्ड तय गरेको उनले बताए । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077