Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • विश्व कप क्रिकेट लिग–२ : यूएईले नेपाललाई दियो २०३ रनको लक्ष्य

    विश्व कप क्रिकेट लिग–२ : यूएईले नेपाललाई दियो २०३ रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यूएईबाट २०३ रनको लक्ष्य पाएको छ ।

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय दुई रन बनायो ।



    यूएईका रोहन मुस्ताफाले सर्वाधिक ६० रन बनाए । यस्तै मुहम्मद वसीमले ३३, चिराग सुरीले २६ र वृत्य अरविन्दले २४ रन जोडे ।



    बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले तीन, करण केसी र सोमपाल कार्मीले २/२ तथा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

    पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो । तर दोस्रो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार