Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रकको ठक्करबाट कैलालीमा एक युवकको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्य भएको छ ।

पुर्व-पश्चिम राजमार्गस्थित जिल्लाको लम्कीचुहा नगरपालिका-१० मा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार २८ वर्षीय टेकबहादुर रावलको मृत्यु भएको हो ।

आज बिहान सात बजे लु-१-ख ८९३० नम्बरको ट्रकले सुप-०१००९-प ३९२६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिँदा रावल घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रावलको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको बताइएको छ ।

ट्रक र चालक ३१ वर्षीय बुद्दीराम सुनार प्रहरी नियन्त्रणमा लिएको छ । यता मृतकका आफ्न्त र स्थानीयले उचित क्षेतिपूर्ति र न्यायको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077