काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ घटनामा संलग्नलाई कारवाही हुने बताएका छन् ।
मोरङको सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यासका शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रहरी जवान उर्मिला श्रेष्ठको हत्यामा संलग्न दोषीलाई कारवाही हुने आश्वासन दिएका हुन् ।
आइतबार १२ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरीमाथि स्थानीयले आक्रमण गरेका थिए ।
मोरङको लेटाङ नगरपालिका-५ की बालिकालाई शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । घटना असामान्य भएपछि झडप हुँदा महिला प्रहरी जवान उर्मिला श्रेष्ठमाथि छुरा हानिँदा उनको निधन भएको छ ।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । भने छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई पनि हिरासतमा राखिएको छ ।
Leave a Reply