Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुटिनले युक्रेनमाथि आक्रमण गरेपछि विश्वको परिस्थिति फेरियो

एजेन्सी। भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गरेपछि विश्वको परिस्थिति फेरिएको छ। यो नयाँ तर अझ खतरायुक्त समय हो।

बर्लिनको पर्खाल ढलेपछि आरम्भ भएको शीतयुद्धपछिको कालखण्ड अब समाप्त भएको छ।

ठूलो ऐतिहासिक प्रभाव भएको घटना भएको क्षणमा बाँच्नु र त्यसलाई सँगसँगै बुझ्नु दुर्लभ कुरा हो।

सन् १९८९ को नोभेम्बरमा म तात्कालिक चेकोस्लोभाकियाको राजधानी प्रागस्थित वेन्सेल्स स्क्वाएरमा उभिएर नयाँ संसारको जन्म हुँदै गरेको नियाल्दैथिएँ।

कम्युनिस्ट शासन भएको पूर्वी युरोपका जनता तानाशाहविरुद्ध उभिएका थिए, बर्लिनको पर्खाल ढालिएको थियो र विभाजित युरोप फेरि एक बनेको थियो।प्रागमा सरकारसँग असन्तुष्ट नाटककार भक्लाभ हाभलले दोस्रो तत्लाको कौसीबाट ४,००,००० मानिस उपस्थित सभालाई सम्बोधन गरिरहेका थिए। त्यही साँझ कम्युनिस्ट सत्ता ढल्यो र केही हप्तामै हाभल नयाँ प्रजातान्त्रिक मुलुकको राष्ट्रपति बने।

मलाई त्यही बेला आफूले विश्वको सर्वाधिक महत्त्वपूर्ण बिन्दु देखेको अनुभूति भएको थियो।

आफ्नै आँखाअगाडि विश्व पुनर्संरचना हुँदै गरेको त्यो एउटा दुर्लभ अवसर थियो त्यो।

फ्रान्सेली क्रान्तिपछि यो मेरो बुझाइमा यो छैटौँ ऐतिहासिक क्षण थियो। तर, लोकप्रिय क्रान्तिहरूपछि बनेको त्यो विश्वसंरचना पुटिनले युक्रेनमा आक्रमणका लागि सेना पठाएसँगै अन्त्य भएको छ।

यसलाई विभिन्न राजनीतिज्ञहरूले ऐतिहासिक क्षणका विभिन्न नाम दिएका छन्।

खार्किभमा हालै रुसी बमबारीपछिको भग्नावशेषको बाटो हुँदै हिँडेका बीबीसीका अनुभवी युद्ध संवाददाता क्वेन्टिन समर्भिल भन्छन 'यदि यी रणनीति तपाईँलाई नौलो लाग्छ भने तपाईँले ध्यान दिनुभएको छैन।' बिबिसी नेपाली

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077