Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंको खुलामञ्चमा चैत २५ गते राप्रपाको आमसभा, ५५५ सदस्यीय आयोजक समिति गठन

काठमाडौं । आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरु देश दौडाहामा छन् ।

निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पार्टीका केन्द्रीय नेतृत्व नै जिल्ला जिल्लामा पुग्ने क्रम जारी छ । सोही अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि पनि चुनावी दौड सुरु गरेको छ ।

चुनावकै तयारी स्वरुप राप्रपाले चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ ।

पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

आमसभाका लागि प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा ५ सय ५५ सदस्यीय आयोजक समिति गठन भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077