काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग टू अन्तर्गत सोमबार नेपाल र यूएईको खेल हुँदैछ ।
खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
गत शुक्रबार भएको खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो। नेपालले यसअघि पीएनजीसँग २ विकेटको जित हात पारेको थियो।
लिगमा सबैभन्दा कम खेल खेलेको नेपालले १० खेलबाट १० अंक बनाएको छ। ७ टोली सम्मिलित लिगको नेपाल छैटौं स्थानमा छ ।
Leave a Reply