Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • रुस र युक्रेनबीचको वार्ता सम्झौता नजिक पुगेको टर्कीको दाबी

    रुस र युक्रेनबीचको वार्ता सम्झौता नजिक पुगेको टर्कीको दाबी

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । टर्कीले रुस र युक्रेनबीच भइरहेको वार्ता सम्झौता नजिक पुगेको दाबी गरेको छ ।

    टर्कीका विदेशमन्त्री मेभ्लुत चोभाशुग्लुले युद्धका कारण नागरिकको ज्यान गएका बेलामा सहमति गर्न सजिलो नहुने बताए । तर यसको बाबजुद पनि आफूहरु सहमतिका लागि अगाडि बढिरहेको बताए ।



    उनले वार्ताको दुवै टोलीसित आफ्नो सम्पर्क भइरहेको पनि बताए । उनले केही दिनअघि युक्रेन र रुसको यात्रा गर्नु भएको थियो ।



    युक्रेन र रुस दुवैसँग सुमधुर सम्बन्ध भएको टर्कीले युद्ध रोक्न मध्यस्थकर्ताको भूमिका निभाउने प्रयास गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार