Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • भारतको बिहारमा रक्सी पिएका १७ जनाको मृत्यु

    भारतको बिहारमा रक्सी पिएका १७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारतको पूर्वी राज्य बिहारमा अनाधिकारिक रूपमा उत्पादित मदिरा पिएका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टेलिभिजन समाचार च्यानल न्युज–१८ ले आइतबार जनाएको छ । च्यानलका अनुसार मधेपुरा, भागलपुर, बाँका र मुर्लिगन्ज गरी चार जिल्लामा उनीहरूको मृत्यु भएको हो ।

    समाचारमा भनिएको छ, ‘उपलब्ध जानकारीअनुसार मधेपुरामा तीन जना, बाँकेमा नौ र भागलपुरमा चार जनाको मृत्यु भएको छ भने बिहारको मुर्लिगन्जले अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवनका कारण एकजनाको मृत्यु भएको जनाएको छ।’



    ‘बिहारमा अनधिकृत रूपमा उत्पादित मदिराका कारण यो राज्यको भागलपुर ९६० र गोपालगन्ज ९१०० गरी दुई जिल्लामा १६ जनाको मृत्यु भएको एक हप्ता पनि नबित्दै यो दुःखद् घटना भएको हो।’



    बिहार सुक्खा राज्य हो र सन् २०१६ देखि यहाँ अनाधिकारिक रूपमा उत्पादन हुने र बिक्री हुने रक्सीको बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

    रक्सी खाएर मृत्यु भएको भनिएकाहरूको पोस्टमोर्टम रिपोर्ट आउन बाँकी रहेकाले अहिल्यै मृत्युको वास्तविक कारण पुष्टि गर्न हतार गर्नु गलत हुने प्रहरीले बताएको छ। भारतमा रक्सीले गर्दा हुने घातक मृत्युबारे अक्सर समाचारहरू आउने गर्छन्।

    गरिब मानिसहरूको बसोबास रहेको यस क्षेत्रमा अक्सर घरायासी रूपमा बनाइने सस्तो मदिरा पिउँदा मदिरामा हुने बिषाक्त तत्वका कारण मृत्यु हुने गरेको स्थानीयको भनाइ छ। -रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार