काठमाडौं । एआइजी वढुवामा असहमति जनाउँदै एक डीआइजीले लोकसेवा आयोगमा उजुरी दिएका छन् । नेपाल प्रहरीका ३ डीआइजीलाई एआइजी बढुवा सिफारिस गर्ने निर्णयबिरुद्ध ती डिआइजीले लोकसेवा आयोगमा उजुरी दिएका छन् ।
बरिष्ठताको आधारमा बढुवा नगरिएको उल्लेख गर्दै डीआइजी घनश्याम अर्यालले बढुवा बिरुद्धको सुनुवाई सचिवालयमा उजुरी दिएका छन् ।
गएको चैत १ गते गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डीआइजीहरु वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआइजी बढुवाका लागि सिफारिस गरेको थियो । बरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका अर्यालले आफूमाथि अन्याय भएको भन्दै लोकसेवा आयोगमा उजुरी दिएका हुन् ।
बरिष्ठताका आधारमा घनश्याम अर्याल, इश्वरबाबु कार्र्की, प्रकाशजंग कार्कीको सिफारिस नगरी उनीहरुभन्दा जुनियरहरुको सिफारिस गरिएकोमा प्रहरीमा असन्तुष्टि छाएको छ ।
अर्यालले सिफारिसमा परेका डीआइजीभन्दा आफु बरिष्ट भएकाले बढुवा बदर गर्न माग गरेका छन् ।
Leave a Reply