Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुराम भट्टराईलाई काठमाडौंको मेयर बन्न प्रस्ताव, भट्टराई भन्छन्-गज्जबले मिल्छ

काठमाडौं । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै देशको संघीय राजधानी भएको काठमाडौं महानगरपालिका प्रमुखको उम्मेद्‍वारबारे चर्चा चल्न थालेको छ । सबै पार्टीमा सम्भावित उम्मेदवारको चर्चा जारी छ । काठमाडौंको मेयरका लागि केन्द्रदेखि जिल्ला तहका नेताहरुले आ-आफ्नो पार्टीभित्र लबिङ तीब्र पारेका छन् । पार्टीदेखि मात्रै होइन, स्वतन्त्र उम्मेद्वारको पनि चर्चा चलिरहेको छ । यसैबीच पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आफू काठमाडौंको मेयरमा उठ्ने मिल्ने बताएका छन्। ‘सम्झना’ नामको ट्विटर ह्यान्डल प्रयोगकर्ताले लेखेकी छन्, ‘बाबुराम भट्टराईलाई काठमाडौं महानगरको मेयर बनाउँदा कसो होलारु कहिलेकाहीँ म सडक हिँड्दा बाबुरामलाई सम्झन्छु, यदि उनले यो बाटो विस्तार गर्ने आँट नगरेको भए के हुन्थ्योरु प्रधानमन्त्री बनेको मान्छे मेयरको कुरा गर्न नमिल्ला तर यो काठमाडौं बाबुरामजस्ता आँट भएको मान्छे नआई बन्दै बन्दैन।’ जवाफमा भट्टराईले लेखेका छन्, ‘प्रम भएको मान्छेले मेयर बन्न गज्जबले मिल्छ। फ्रान्सका पूर्वप्रम Edouard Philippe अहिले त्यहाँको Le Havre नगरका मेयर छन्। सधैं साथीहरुलाई भन्ने गर्छु जीवनमा जनताका लागि केही सार्थक काम गर्ने मन छ भने सांसद ताक्ने हैन, आफ्नो पालिकाको प्रमुख/मेयर बन्नोस्। कसैले सुने पो ! हाम्रो संस्कार जो छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077