काठमाडौं । झापामा होली खेलेर रंग पखाल्न नदीमा पसेका एक किशोरको डुबेर मृत्यु भएको छ ।
कनकाई नदीमा शुक्रबार अपरान्ह ४ बजे नुहाउन पसेका इलाम माइ नगरपालिका वडा नम्बर ८ का आयुष लिम्बुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक किशोर शिवसताक्षी नगरपालिका वडा नम्बर १० को बल्निकुन्ज माध्यमिक विद्यालयका छात्र हुन् ।
उनी अन्य साथीसँग दिउँसो होली खेल्न गएका थिए । घटनाको बारेमा अनुसन्धान सुरु भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply