एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई गम्भीर वार्तामा बस्न आह्वान गरेका छन् ।
शनिबार एक भिडियो सार्वजनिक गर्दै जेलेन्स्कीले रुससँग यस्तो आग्रह गरेका हुन्।
‘म अहिले मेरो कुरा सबैले सुनून् भन्ने चाहन्छु, विशेषगरी रुसले। अहिले बैठक बस्नुपर्ने समय आएको छ, यो वार्ताको समय हो’, जेलेन्स्कीले भने।
युक्रेनलाई न्याय र भौगोलिक एकता कायम गर्नको लागि वार्ता गर्नुपर्ने समय आएको उनको भनाई छ ।
अन्यथा रुसले यति ठूलो क्षति व्यहोर्ने छ कि जसलाई धेरै पुस्ताले पनि पूरा गर्न नसक्ने उनले बताए ।