Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

होलीको दिन मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको टीकापुर नगरपालिका ४ असनेरीमा शुक्रबार मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार से ३ प ९७४६ र लु ७४ प ४०७४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा १७ वर्षीय अन्जील कार्की र प्रजापती चौधरीको मृत्यु भएको हो ।

प्रजापतीको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्जीलको टीकापुरमै मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । यस्तै दिवस चौधरी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077