Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • आईसीसी विश्वकप लिग–२:

    यूएईविरुद्ध नेपालको नमीठो हार, सोमपाल र रोहितबाहेक सबैको प्रदर्शन फितलो

    यूएईविरुद्ध नेपालको नमीठो हार, सोमपाल र रोहितबाहेक सबैको प्रदर्शन फितलो

    निर्मल लामिछाने
  • शुक्रबार, ४ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको आफ्नो दोस्रो खेलमा नेपालले ४८ रनको नमीठो हार व्यहोरेको छ।

    शुक्रबार भएको आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि मात्र १६९ रनको लक्ष्य पाएको थियो। सामन्यतया: ५० ओभरको खेलमा १६९ रनको लक्ष्य सामान्यनै मानिन्छ।



    १६९ रनको बिजयी लक्ष्यसहित मैदानमा उत्रेको पाहुना टोली नेपालले घरेलु टोली यूएईविरुद्ध खुलेर खेल्नै सकेन । नेपाल मात्र ३५ औं ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १२० रनमा समेटिएपछि यूएईले ठूलो जित निकालेको हो।



    कमजोर सुरुवात गरेको नेपालले चौथो ओभरको पहिलो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। भुर्तेलले १५ बलमा १ चौकाको मद्धतमा १७ रन जोडे। त्यसपछि क्रिजमा आएका ज्ञानेन्द्र मल व्यक्तिगत २८ रनमा आउट हुँदा अर्का ओपनर आसिफ शेखले ७ रन बनाए।

    टीमको स्कोर मात्र २८ हुँदा ३ विकेट गुमाएको नेपालले अर्का भरपर्दा ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरीलाई ४ रनमै गुमाएको थियो । ऐरीको विकेटसँगै दबावमा आएको नेपालले अर्का ब्याट्सम्यान आरिफ शेखलाई शून्यमै गुमायो।

    लगातार विकेट गुमाइरहेको नेपाललाई रोहित पौडेलले केही रोक्ने प्रयास भने गरेका थिए । उनले नेपालका लागि सर्वाधिक ४६ रनको योगदान दिए । पौडेलले यसअघि बुधबार भएको पीएनजीविरुद्धको खेलमा पनि शानदार प्रदर्शन गरेका थिए।

    यस्तै, नेपालका लागि खेलाडीहरु सोमपाल कामी, कमलसिंह ऐरी र करण केसीले क्रमश: ६, ० र ६ रन जोडे । कप्तान सन्दीप लामिछानेले जोड्दा सगर ढकाल भए।

    यूएईका लागि बलरहरु बासील हमेदले ४, जुनिद सिद्दिक्युले २, जाहोर खान र रोहण मुस्ताफाले समान एक/एक विकेट लिए।

    त्यसअघि शुक्रबार मध्यान्ह दुबई रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरको खेलमा ४६.२ ओभरमै आफ्ना सबै विकेट गुमाएर मात्र १६८ रनमा समेटिएको थियो। उसका लागि रोहण मुस्तफा र चुन्दागोपोईल रिजवानले समान ४०/४० रनको योगदान दिए।

    यस्तै, अन्य खेलाडीहरु महमद वासिम, चिराग सुरी, ब्रित्यया अरविन्द, आशिफ खान, बसिल हमेदले क्रमश: ६१, ६, ३, २, १४ रन बनाउँदा कप्तान अमिद राजा, कसिफ दाउत, जाहोर खान र जुनेद सिद्दिकियुले क्रमश: १३, १८, ०, १ रनको योगदान दिए।

    नेपालका लागि सोमपाल कामी एक्लैले सर्वाधिक ४ विकेट लिँदा करण केसीले ३ विकेट हात पारे । यस्तै, कप्तान सन्दीप लामिछाने, पूर्वकप्तान ज्ञानेद्र मल्ल र आरिफ शेखले समान एक-एक विकेट लिए।

    हारसँगै नेपालले महत्वपूर्ण दुई अंक गुमाएको छ । यसअघि भएको आफ्नो खेलमा भने नेपालले पपुवा न्युगिनीविरुद्ध दुई विकेटको कठीन जित निकालेको थियो । नेपालको अंक तालिकामा २ अंक रहेको छ।  यूएईको चार अंक छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार