Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माडीमा भीषण आगलागी, ७० क्विन्टल धानसहित हजारौं कुखुराका चल्लाहरु जले

चितवन । चितवनको माडी नगरपालिका–४ खैरहनीमा आगलागी हुँदा रु ६० लाख बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय माधव लामिछानेको धन्सारमा आगलागी भएको थियो ।

आगलागीबाट धन्सारमा रहेको ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल (७० बोरा) कुखुराको दाना, फ्रिज एक थान, टिभी एक थान, डिजिटल मेसिन एक थान, सोलार प्यानल तीन थान, ब्याट्री तीन थान, इन्भर्टर एक थान, ग्रिज, मोबिल, गियर आयल, हाइड्रोलिक पाइप, ड्रम तथा अन्य भाँडावर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै फार्ममा रहेको तयारी कुखुरा एक हजार २०० तथा झण्डै एक हजार चल्ला नष्ट भएको छ  । बिहान ४ः३० बजे आगलागी भएको हो ।

स्थानीयवासी र प्रहरीले आगो निभाएका थिए । आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077