सुर्खेत । भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीनै जना बालबालिकाको शव भेटिएको छ।
भेरीगंगा नगरपालिका–१३, स्थित भेरी नदीको फरक–फरक स्थानबाट तीनै जना बालबालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार हराएकामध्ये बिहीबार भेरीगंगा नगरपालिका–११, का १० वर्षीया गंगा खड्का र ८ वर्षीय कृष्णा सिंजालीको शव भेटिएको हो । दुवै शवलाई साँझ पोस्टमार्टमका लागि मेहलकुना अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ।
उनीहरुको शव भेरीगंगा नगरपालिका–१३ स्थित नदी किनारमा भेटिएको हो। हराएकामध्ये लेकवेंशी नगरपालिका–२, का ८ वर्षीय दिनेश बुढाको बुधबार नै शव भेटिएको थियो ।
गत फागुन २८ गते (शनिबार) सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीनै जना बालबालिका हराएका थिए ।
Leave a Reply