Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • शिक्षक लाइसेन्स परीक्षामा अब बस्तुगत प्रश्न मात्रै, ५० वटा प्रश्न सोधिने !

    शिक्षक लाइसेन्स परीक्षामा अब बस्तुगत प्रश्न मात्रै, ५० वटा प्रश्न सोधिने !

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । शिक्षण अनुमति पत्र (लाइसेन्स) को परीक्षामा अबदेखि बस्तुगत प्रश्न मात्रै सोधिने भएको छ ।

    यसअघि ४० प्रतिशत बस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोधिने गरिएकोमा पाठ्यक्रम परिवर्तन गर्ने निर्णय भएको छ । यो निर्णय यही चैत २ गतेदेखि नै यो लागु भएको शिक्षक सेवा आयोगले जनाएको छ ।



    शिक्षक सेवा आयोगको फागुन २ मा बसेको बैठकले शिक्षण अनुमति पत्र (लाइसेन्स) परीक्षामा बस्तुगत प्रश्न मात्रै सोध्ने गरी पाठ्यक्रम परिवर्तन गर्ने निर्णय गरेको थियो ।



    माध्यामिक र निम्नमाध्यामिक तहको शिक्षण अनुमति पत्र प्राप्त गर्ने परीक्षाका हकमा पाठ्यक्रम परिवर्तन गरिएका हुन्।

    अबदेखि प्रतिप्रश्न दुई अंकको दरले ५० वटा वस्तुगत प्रश्न सोधिने छ । यसअनुसार परीक्षा १०० पूर्णाङ्कको हुने छ । पास हुन ५० नम्बर ल्याउनुपर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार