Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा जर्मन संसद्‌मा सम्बोधन, युद्ध रोक्न थप कदम चाल्न अपिल

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मन संसद्‌मा सम्बोधन गरेका छन् । रुसलेआफ्नो देशमा आक्रमण गरेर ‘युरोपको स्वतन्त्रताविरुद्ध नयाँ पर्खाल बनाइरहेको’ भन्दै उनले रोक्न थप कदम चाल्न अपिल गरेका छन् ।

उनले युक्रेनले युद्धअघि रुससँगको आर्थिक सम्बन्ध सिमित पार्न जर्मनीलाई बारम्बार भनेको उल्लेख गर्दै बर्लिनले रुसलाई ‘स्वतन्त्रता र दासत्वबीचमा’ पर्खाल खडा गर्न सघाएको बताए ।

जेलेन्स्कीले रुस विरुद्ध प्रतिबन्धहरू ढिला लगाइएको र त्यस्ता कदमहरू मात्रै पर्याप्त नहुने बताएका छन्।

जर्मन संसद्‌मा उनले १० मिनेट सम्बोधन गर्दा सांसदहरूले उठेर उनीप्रति सम्मान व्यक्त गरेका थिए।

सांसद्हरूलाई रुसी युद्ध अन्त्य गर्न सघाउन अनुरोध गर्दै उनले दोस्रो विश्वयुद्ध र कम्युनिस्ट शासन ढल्दाको जर्मन अनुभवको चर्चा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077