Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशसभाको नवौं अधिवेशन चैत १३ गतेदेखि सुरु हुने

कैलाली । सुदूरपश्चिम प्रदेशको नवौं अधिवेशन चैत्र १३ गतेदेखि शुरु हुने भएको छ ।

बिहिबार बसेको १२८ औं मन्त्रीपरिषदको बैठकले १३ गतेदेखि अधिवेशन सञ्चालन गर्न भन्दै प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले वर्षे अधिवेशन अन्त्यको ६ महिना पुग्न दुई दिनअघि हिउँदे अधिवेशन सञ्चालन गर्न प्रदेश सरकारले तयारी अघि बढाएको जानकारी दिइन् ।

गत असोज १५ गते देखि आठौं अधिवेशन अन्त्य भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077