Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेले केन्द्रीय रूपमा नै स्थानीय निर्वाचनका लागि घोषणापत्र तयार पार्ने, लेखनको काम शुरू

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी एमालेले केन्द्रीय रूपमा नै घोषणापत्र तयार पार्ने भएको छ । एक हप्ताभित्र घोषणापत्र तयार गरेर आगामी ९ गते देखि शुरू हुने केन्द्रीय कमिटीको बैठकमा पेस गर्ने गरी घोषणापत्र लेखनको काम शुरू भएको छ ।

यसका लागि पार्टी सचिवालयको बुधवार बसेको बैठकले गत स्थानीय तहको लागि तयार पारेको घोषणापत्रको अध्ययन र आगामी घोषणापत्रमा समावेश गर्नुपर्ने विषयमा छलफल थालेको छ । केन्द्रले तयार पारेको मूल घोषणापत्रको आधारमा स्थानीय कमिटीले थप घोषणापत्र निर्माण गर्नसक्ने छन् ।

पार्टीको नीति अनुसन्धान विभागका प्रमुख वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका उपाध्यक्षहरू, महासचिव शंकर पोखरेल र उपमहासचिवहरू, सचिवहरू, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.पुष्प कँडेल, पुनर्निर्माण प्राधिकरणका पूर्व निर्देशक सुशिल ज्ञवालीलगायतले घोषणापत्रको अवधारणाको बारेमा छलफल गरेका हुन् ।

घोषणापत्र लेखन समूहमा नगरपालिका महासंघका प्रमुख, गाउँपालिकाका महासंघका प्रमुख, इन्जिनियर, योजनाविद्, कानुनविद्लगायतको पनि सहभागी रहेको छ । नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077