काँठमाडौं । काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर न.८ का वडा अध्यक्ष निराजन जङ्गमले नेकपा एमाले पार्टी परित्याग गरेका छन् ।
एमालेबाट निर्वाचित वडाअध्यक्ष जङ्गमलाई बुधबार काँग्रेस केन्द्रीय सदस्य गणेश लामाले पार्टी प्रवेश गराएका हुन् ।
कांग्रेस पार्टी प्रवेश गरिएको जंगम एमाले जिल्ला सदस्यमा खुल्लातर्फबाट एक महिना अघि मात्र निर्वाचित भएका थिए ।
बुधबार बनेपामा भएको एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्य, नेपाल सरकारका पूर्व सहसचिव उद्धव थापा, जनता समाजवादी युवा संगठनका केन्द्रीय उपमहासचिव सुनिल लामा समेत नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
Leave a Reply