Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्थानीय तह चुनाव : पेचिलो बन्दै निर्वाचन आचारसंहिता

काठमाडौं । स्थानीय निर्वाचनमा सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका तथा अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने बहालवाला व्यक्ति उम्मेदवार हुन पाउने/नपाउने विषयले निर्वाचन आचारसंहिता पेचिलो बन्दैछ ।

आचारसंहिता सम्पादनका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएकोमा मन्त्रालयले पुनर्विचारका लागि निर्वाचन आयोगमै फिर्ता पठाएको छ । मस्यौदा तयार भएको करिब तीन साता हुन लाग्दासमेत मन्त्रालय र आयोगबीच आचारसंहिताको केही प्रावधानमा समझदारी हुन सकेको छैन ।

मन्त्रालयका प्रवक्ता फणिन्द्र गौतमले भने, “आचारसंहितामा उम्मेदवारको आचरण मात्रै समेटिनुपर्ने हो, ऐनको कुरासमेत समेटिएकाले पुनर्विचारका लागि फिर्ता गरिएको हो ।” निर्वाचन आयोगले तयार गरेको मस्यौदामा स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार उम्मेदवारको योग्यता र अयोग्यताको विषय समेटिएको छ ।

प्रवक्ता गौतमले भने, “आचारसंहिताका केही प्राविधिक विषय तथा व्यवस्थाहरू छलफलकै चरणमा छन् ।” कानुन मन्त्रालयले आचारसंहितामा राखिएका केही व्यवस्थाबारे आयोगसँग परामर्श तथा छलफल गरिरहेको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को परिच्छेद ४ को दफा १३ ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल हुने व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077