Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • मन्त्रिपरिषद बैठक: संसद अधिवेशन अन्त्य गर्न सिफारिस

    मन्त्रिपरिषद बैठक: संसद अधिवेशन अन्त्य गर्न सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, १ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आजराति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो।



    संसद अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसदको यो अधिवेशनमा प्रतिनिधिसभाले एमसीसी पारित गरेको थियो ।



    त्यस्तै सोही अधिवेशनमा प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएको छ । तर, छलफल नहुँदै अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ ।

    यसअघि संसद बैठक भोलि बस्ने कार्यसूची रहको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार