काठमाडौँ । नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक सम्पन्न भएको छ।
बैठकमा भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको तर्फबाट जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सुशील चन्द्र आचार्यलगायतको उपस्थिति रहेको थियो ।
संयुक्त समितिको बैठकले भारत–नेपाल सीमाका विभिन्न स्थानहरुको स्थलगत भ्रमण समेत गरेको थियो । सीमा क्षेत्रमा बाढी, कटान तथा डुबान व्यवस्थापन गर्नु समितिको कार्यक्षेत्रभित्र पर्दछ ।
यस्तै, समितिले सीमा क्षेत्रमा पर्ने नदीहरुको व्यवस्थापनका लागि प्रस्ताव गरिएका नवोदित कार्यस्थलको पनि भ्रमण गरेको थियो । बैठक फाल्गुण २५ देखि सुरु भएको थियो।
Leave a Reply