Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटारमा प्रधानमन्त्री देउवा र साउदी अरबका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ ।  दुई दिने नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउदले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

सोमबार श्रीलंकाबाट काठमाडौँ आइपुगेका साउदी राजकुमार फैसल प्रधानमन्त्री देउवाबीच मंगलबार बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटमा आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

त्यसअघि परराष्ट्रमन्त्री नारायण खड्का र साउदीका विदेशमन्त्रीसमेत रहेका राजकुमार फैसलबीच परराष्ट्र मन्त्रालयमा पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077