Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'पिर'बारे दीपकराज गिरी भन्छन्- कुन दलका मान्छेले हाम्रोमा त्यस्तो छैन भनेर ठोकुवा गर्न सक्छन् ?

काठमाडौँ। हाँस्यकलाकार एवं अभिनेता दीपकराज गिरीले पछिल्लो समय विवादमा रहेको गायक प्रकाश सपुतको 'पिर' गीतलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन्।

केहीबेर अघिमात्र सामाजिक संजालमा अभिनेता गिरीले 'पिर'बारे समिक्षा गर्दै उक्त गीत असाध्यै राम्रो लागेको बताए । गीतले आफूलाई पनि छोएको र धेरै छोएको हुनुपर्ने गिरीको भनाइ छ।

गिरीले पिरलाई लिएर माओवादी पार्टीलाई समूह नै मिलेर सराप्न थालेकोमा भने आपत्ति जनाएका छन्। उनले माओवादीलाई सराप्दा अरु पार्टीमा चाहिँ के भइरहेको छ त्योबारे बुझ्न समेत आग्रह गरे।

'तर, केही मानिस मौका यही हो भनेर माओवादी पार्टीलाई, समूह बनाएरै सराप्न थालेको पनि देखे, कुन चाहिँ पार्टीमा केही मानिसहरुको रजॉइं र केही मानिसको हरि बिजोक छैन ' उनले लेखेका छन्।

'कुन दलका मान्छेले हाम्रो पार्टीमा त्यस्तो अबस्था छैन भनेर ठोकूवा गर्न सक्छ ? गिरीको प्रश्न छ, 'उसैको बिचारबाट आएको संबिधानमा टेकेर राजनीति पनि गर्ने, अनि सत्तो सराप पनि उसैलाइ गर्ने ?' हो गीत बन्द गर्न दबाब चाहिँ दिनु गलत नै हो।'

गीतमा माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडी पात्रको भोगाइलाई उतारिएको छ । गीतमा माओवादीका कार्यकर्ताले मात्र होइन नेताहरूले पनि सामाजिक सञ्जालमा गीतप्रति आक्रोश पोखेका छन् ।

रिलिज भएको छोटो समयमै अत्त्याधिक भ्युज पाउन सफल ‘पिर’ले थुप्रै प्रतिक्रियाहरु पाइरहेको छ । गितको पक्ष र विपक्षमा समेत बहस भइरहेका छन्। गितलाई लिएर माओवादी केन्द्रका भातृ संगठनहरुले सपुतको आलोचना गर्दै युटुबबाट उक्त गीत हटाउन धम्की समेत दिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077