Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अख्तियारका आयुक्त चन्दले भने- सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा देखियो

    अख्तियारका आयुक्त चन्दले भने- सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा देखियो

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 1.5K
    SHARES

    ओखलढुंगा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने गरेको बताएका छन् । सोही कारण आयोगमा बढी उजुरी दर्ता भएको चन्दको भनाइ छ ।

    सोमबार ओखलढुंगा सदरमुकाममा आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ विषयक अन्तरक्रियामा बोल्दै आयुक्त चन्दले यस्तो बताएका हुन् ।



    ‘संख्या पनि स्थानीय तहको बढी भयो । भ्रष्टाचार पनि स्थानीय तहमै बढी भयो,’ आयुक्त चन्दले भने, ‘किनभने योजनाको संख्या पनि टुक्रेटाक्रे गरेर धेरै नै छ । यसमा सुधार आवश्यक छ ।’



    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महोत्तरीस्थित बर्दिबासमा दुई आर्थिक वर्षमा दर्ता भएका ९ जिल्लाका उजुरीमध्ये सबैभन्दा बढी १ हजार १ सय ५७ वटा मुद्दा स्थानीय तहको दर्ता भएका छन् ।

    संघअन्तर्गतका योजनाको ५ सय २६ वटा र प्रदेश अन्तर्गतका ८६ वटामात्र उजुरी दर्ता भएको कार्यालये जनाएको छ । चालु आर्थिक वर्षमा अख्तियारमा ओखलढुंगाको स्थानीय तहका १६ वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार