Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • बन्चरोले हानेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

    बन्चरोले हानेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    नवलपरासी पूर्व । प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बुलिङटार गाउँपालिका–५ राईकोट बस्ने ६५ वर्षीया श्याम कुमारी भिरकट्टा रहेकी छन् ।



    ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको आरोपमा ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा चमन सिंह गम्भीर घाइते भएका थिए । उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार