Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुन: सिंह निर्वाचित, महासचिवमा दाहाल

    निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुन: सिंह निर्वाचित, महासचिवमा दाहाल

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह पुनः निर्वाचित भएका छन् ।

    सोमवार बिहान सार्वजनिक मतगणना अनुसार सिंह नयाँ कार्यकालका लागि पुन: अध्यक्षमा चुनिएका हुन् । उनले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत ल्याएका छन् ।



    महासंघको अध्यक्षका लागि ३ जना प्रतिस्पर्धामा थिए । सिंहका साथै, पुरानो कार्यसमितिका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र हुमनाथ कोइराला प्रतिस्पर्धामा थिए ।



    निर्वाचनमा सिंहले ७ सय ६५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी निकोलस पाण्डेले ३ सय ३७ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी हुमनाथ कोइरालाले ३२ मत मात्रै ल्याए ।

    त्यस्तै, वरिष्ठ उपाध्यक्ष र महासचिव समेत सिंह प्यानलबाट चुनिएका छन् । वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा तथा महासचिवमा रोशन दाहाल निर्वाचित भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार