काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका प्रेमध्वज अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा सहायकरथीबाट उपरथीमा यही फागुन २६ गते पदोन्नति भएका अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
सेनाले उपरथी अधिकारीलाई राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशकको जिम्मेवारी दिएको छ ।
Leave a Reply