Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे छलफल भएको छैन: गगन थापा

सुर्खेत । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन् ।

आइतबार कुडा कर्णाली उत्सवका लागि सुर्खेत आएका महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णयबारे पार्टीभित्र कुनै छलफल नभएको बताएका हुन् ।

अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको थापाको भनाइ छ। तर, यही गठबन्धनले तिनै तहको निर्वाचन बनाउने सन्दर्भमा भने छलफल नभएको थापा बताउँछन्।

पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुईवटा मत रहेको भन्दै महामन्त्री थापाले चैत दोस्राे साताभित्र निर्णय हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077