Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१३ सय युक्रेनी सेना मारिएको र ५०० रुसी फौजले आत्मसमर्पण गरेको जेलेन्स्कीको दावी

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय युक्रेनी सेना मारिएको दावी गरेका छन् ।

२४ फेब्रुबरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनको दावी छ । त्यस्तै, करिव ५०० देखि ६०० रुसी फौजले युक्रेन सेनासमक्ष आत्मसमर्पण गरेको उनले दाबी गरेको बीबीसीले जनाएको छ ।

यसैबीच, युक्रेनको राजधानी किभबाट दक्षिणमा रहेको एउटा सैन्य आधारमा रुसी सेनाले मिसाइल प्रहार गरेको विवरण सार्वजनिक भएको छ । रुसी सेनाले किभ बाहिरको क्षेत्रलाई घेरा हालेर आक्रमण तीव पारिरहेको बेला उसले २५ किलोमिटर दूरीबाट राजधानीका सैन्य अखडालाई निशाना बनाएको छ ।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र जर्मन चान्सलर ओलाफ सोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्धबिराम गर्न आग्रह गरेका छन् ।

यसैबीच, राष्ट्रपति जेलेन्स्कीले देशका नागरिकहरूलाई दिइने सर्वोच्च सम्मान ’युक्रेनको नायक’ उपाधि प्रदान गर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077