Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, खोजी कार्य जारी

    भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, खोजी कार्य जारी

    अनलाइन नेपाल
  • शनिबार, २८ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सुर्खेतको भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन् ।

    जिल्लाको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानीबगर घाट भेरी नदीमा नुहाउने क्रममा बेलुका पाँच बजेतिर दुई जना बालिका र एक जना बालक बेपत्ता भएका हुन् ।



    बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका वडा नम्बर १३ की १२ वर्षीया गङ्गा खड्का, १२ वर्षीया कृष्णा सिञ्जाली र लेकवेशी नगरपालिका वडा नम्बर पाँचका ८ वर्षका दिनेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुुर्खेतले जनाएको छ ।



    बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले अहिले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार