Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • युक्रेन – रुस युद्धमा कूटनीतिक दूरी कायम राख्दै चीन

    युक्रेन – रुस युद्धमा कूटनीतिक दूरी कायम राख्दै चीन

    अनलाइन नेपाल
  • शनिबार, २८ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    एजेन्सी। रुसी आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्रसङ्घमा भएको मतदान छलेर चीनले युक्रेन युद्धमा कूटनीतिक दूरी कायम राख्न खोजेको छ।

    युक्रेनमा जारी द्वन्द्वबारे चिनियाँ सामाजिक सञ्जालमा बलिया धारणाहरूमा प्रतिबन्ध लगाउनसमेत यो देशले ठोस प्रयासहरू गरिरहेको छ।



    यो उसको स्पष्ट बाटो हो। गत महिना मात्रै चिनियाँ नेता सी जिन्पिङले रुससँगको नयाँ र सुदृढ सम्बन्धमा कुनै सीमा नहुने घोषणा गरेका थिए। रुसी सैन्य कारबाहीको पक्ष र विपक्षमा व्यक्त हुने धारणाहरू दैनिक जसो सामाजिक सञ्जालबाट हटाइने गरिएको छ। युक्रेनको साथमा उभिन अहिले कसैले पनि हिम्मत गर्दैन,’ एक प्रयोगकर्ताले ट्विटरजस्तै चिनियाँ सामाजिक सञ्जाल वेइबोमा लेखे । यो सबै रुसलाई एकपक्षीय समर्थन हो।’



    अनलाइनमा चिनियाँ प्रतिबन्धको अनुगमन गरिरहेको ‘फ्रि वेइबो’का अनुसार धेरै लाइक्स बटुलिसकेको यो पोस्ट उक्त सामाजिक सञ्जालबाट हटाइसकिएको छ।

    चिनियाँ म्यासेजिङ एप वीच्याटमा व्यापक भएको एक जना अवकाशप्राप्त रुसी जनरलले युद्धअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पदबाट राजीनामा दिन आग्रह गर्दै लेखेको खुला पत्र पनि नखुल्ने बनाइएको छ।

    तर रुसको पक्ष लिइएका केही धारणाहरू पनि सामाजिक सञ्जालमा खुल्दैनन्।

    रुसको राज्य नियन्त्रित समाचार सञ्जाल आरटीले उसको वेइबो अकाउन्टमा सहयोगका लागि चिनियाँहरूलाई ‘धन्यवाद’  दिँदै गरेको पोस्ट पनि वेइबोकै पोस्ट जसरी हटाइयो। जसमा भनिएको थियोस् ‘युक्रेनका नव नात्सीहरूसँग लड्ने कठिन काम रुसले सुरु गरेकोमा मलाई खुसी लागेको छ। रुसमाथि लगाइएका प्रतिबन्धहरू अस्वीकार्य छन्।’ चिनियाँ सामाजिक सञ्जाल प्रदायकहरूले विशेष सामग्रीहरूमा सरकारबाट निरन्तर निर्देशन पाइरहेका हुन्छन् र त्यसको पालना गर्नुपर्ने दबाबमा उनीहरू हुन्छन्।

    यस्तै एउटा निर्देशिका बाहिरिएको बताइएको थियो र चाइना डिजिटल टाइम्सले त्यसबारे समाचार प्रकाशन गरेको थियो। उक्त निर्देशिका चिनियाँ केन्द्रीय नियामक साइबरस्पेश एडमिनिस्ट्रेसन अफ चाइनाले यसै महिना जारी गरेको दाबी गरिएको थियो। जसमा व्यावसायिक वेबसाइट, स्थानीय सञ्चार माध्यम र आफैँले सामग्री प्रकाशित गर्न मिल्ने सञ्चार माध्यममा युक्रेन युद्धबारे प्रत्यक्ष प्रसारण र ह्यासट्याट प्रयोग नगर्नू भनिएको थियो।

    चिनियाँ अधिकारीहरूले कूटनीतिक तटस्थताको नीति लिएको बताउने गरेका छन्।

    उक्त निर्देशिकामा ‘विदेशी सञ्चार माध्यमका सामग्री पुन: प्रकाशित गर्नु र कुनै एक वा अर्को पक्षलाई साथ दिने गरी दुर्भावनापूर्ण सन्देशहरू प्रवाह गर्न पनि कडाइका साथ प्रतिबन्ध लगाइएको उल्लेख थियो।

    चिनियाँ टेलिभिजनहरूले युक्रेनबारे समाचारहरू दिए पनि त्यसलाई ‘युद्धु वा आक्रमण’ भनेका छैनन्।

    युक्रेनीहरूले आफ्नै आणविक भट्टीमा आगो लगाएका जस्ता झुटा दाबीहरूलाई चिनियाँ सञ्चार माध्यममा सत्य परीक्षण नगरी बारम्बार सम्प्रेषण गरिएको छ।

    युक्रेन पक्षबाट भएका प्रतिरोध र रुसको आक्रमणपछि पश्चिमा देशहरूले जनाएको प्रतिक्रियाबारे ज्यादै न्यून समाचार बनाइएको छ।

    युक्रेनको घटनाबारे आलोचनात्मक टिप्पणीहरू देखिए पनि अमेरिकालाई द्वन्द्व उक्साएको आरोप लगाइएका सामग्रीहरू मात्रै भेटिन्छन्।- बिबिसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार